प्रहरी प्रमुख विष्टले भने : सुशासन र शान्ति सुरक्षा पहिलो प्राथमिकता रहनेछ

दमौली : तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) अवदेश विष्टले जिल्लाको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने बताएका छन् ।

केही दिनअघि जिल्ला प्रहरी कार्यलय तनहुँमा सरुवा भई आएका प्रमुख एसपी विष्टलेले शुक्रवार पत्रकारहरु संग भेटघाट गर्दै जिल्लाको शान्ति सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् ।

जिल्लाको शान्ति सुरक्षाको विश्वासनीयतासँगैै सुशासन कायम गर्न आफू सधै लागि पर्ने बताए ।

“मेरो पहिलो प्राथमिकता भनेको जिल्लाको शान्ति सुरक्षा कायम गर्ने हो र सँंगै जिल्लाको सुशासनको पाटोलाई पनि मैले प्राथमिकतामा राखेर काम गर्नुछ,” प्रहरी प्रमुख बिष्ट ले भने, “म जिल्लावासीको हितका लागि जुनसुकै पनि काम गर्न तयार छु यसमा सबैको सहयोग चाहिन्छ ।”

जिल्लावासीको शान्तिसुरक्षाका लागि आफू सधै लागि पर्ने बताउँदै प्रहरी प्रमुख बिष्टले कसरी  शान्तिसुरक्षा बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो सोच रहेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?