दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मा बसको ठक्करबाट शनिबार एक पैदलयात्रीको मृत्यु भएको छ। मत्यु हुनेमा ४० वर्षीय मिनबहादुर विक रहेको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।
बसको ठक्करबाट घाइते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
डुम्रेबाट ऑबुखैरेनी जॉदै गरेको ग १ ख ६३०७ नम्बरको बसको ठक्करबाट विकको मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताए ।
बसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?