दमौली : तनहुँको व्यास नगरपालिका-५ मा रहेको पाटन पार्कको स्थाल पिकनिकका लागि उत्कृष्ट बन्दै गएको छ । शुक्रबार र शनिबार ६/७ वटा समूह भन्दा बढी पिकनिकका लागि आउने गरेको पाटनमा अन्य दिनमा पिकनिकका लागि आउने गरेको गरेको पाइन्छ ।
दमौली मात्रै नभई छिमेकी स्टथानीय समेत धेरै समूहहरू पिकनिकका लागि आउने गरेको र केहि महिना दैनिक पिकनिकका लागि आउने गरेको स्थानीयले बताए ।
लम्जुङको मध्यनेपाल नगरपालिका -३ का हरि थापाले पिकनिक स्थलसम्म आउनका लागि आसहज सडक,पर्याप्त पिउने पानी , विद्युत ,दाउरा,आवश्यक पर्नेका लागि खाना पकाउने भाँडाको व्यवस्था नहुँदा पिक्निकको खानाको लागि भने समस्या रहेको बताए ।
स्थानीय सरकारले पानी मात्र पनि रामो व्यवस्था गर्ने सकेमा पिकनिकका लागि उत्कृष्ट गन्तव्य अझै उत्कृष्ट गन्तव्य हुनसक्ने थापाले बताए ।
व्यास नगरपालिका -१४ केशवटार निवासी विकास थापाले निर्माण गरेका संरचनाको सरक्षण गर्न नसकेको गुनासो गरे । ” विगत यस पार्कलाई तनहुँकै उत्कृष्ट गन्तव्यको रुपमा चिन्ने गर्थे , तर अहिले निर्माण गरेका संरचनाको सरक्षणमा स्थानीय सरकारले वेवास्ता गरेको छ ” उनले भने : सम्बन्धित निकायले समिति बनाएर संरक्षण गर्नु पर्छ “।
माछा आकारमा बनाइएको पोखरी भत्केर पोखरी भित्रको पानीमा ल्याउ र पानीका बोतलले पोखरी नै कुरूप बनाएको छ।
पाटनको व्यास परासर क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्ने भन्दै पार्क निर्माण कार्य अगाडि बढाइएको थियो । सेती र मादी नदीको दोभानमा निर्माण गरिएको पार्कको लागत करिव ३ करोड रुपैयाँ रहेको थियो ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?