रमेश प्रसाईंसहित रास्वपाले थप्यो १६ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले १६ जनालाई समितिमा थपेको हो ।

रास्वपाले टेलिभिजन प्रस्तोता रमेश प्रसाईं, समानुपातिक उमेदवार निशा मेहता, विन्दावासिनी कंसकारसहितलाई केन्द्रीय सदस्यमा थप गरेको हो ।

अब रास्वपाको केन्द्रीय समिति ४० सदस्यीय भएको छ । यसअघि रास्वपाको केन्द्रीय समिति २४ सदस्यीय थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?