दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँको परिसरमा नवनिर्मित आवास,व्यारेक, मेश तथा थुनुवा कक्षा भवनको उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंहले भवनको उद्घाटन गरेका हुन् ।
भवन उद्घाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक सिंहले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित बनाउन प्रयास गरेको बताए ।
” भवन आफ्नै सम्पति मान्नु पर्छ” उनले भने : ” कुनै पनि व्यक्ति आन्दोलनको नाम भवनमा ढुङ्गा हान्न हुँदैन , हामीले यसको संरक्षण गर्नु पर्छ ।” उनले कति धेरै ठाउँमा भवनको अभाव बिना पनि काम गरेको सुनाउदै काम गर्नका लागि भवनको पनि उत्तिकै आवश्यक रहेको बताए ।
गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिमान गुरुङले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुविधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताए ।
व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले जिल्ला ट्राफिक प्रहरी कार्यलयको लागि पनि भवन अभाव रहेको बताउदै केन्द्र सरकारले यस प्रति पनि ध्यान दिनुपर्ने बताए ।
संघीय सरकारको आर्थिक सहयोगमा ब्यारेक,मेस र हिरासत कक्ष को कूल ३ करोड ४६ लाख ५ हजार १ सय ५६ को लागत रहेको भवनको ठेक्का न्यु डागन निर्माण सेवाले पाएको थियो ।
त्यसैगरी सिनियर प्रहरी अधिकृत आवास भवन १ करोड २६ लाख २२ हजार ६० को लागतमा पब्लिक कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अबदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।


















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?