अर्जुननरसिंह केसीको प्रश्न : सर्वोच्च कहिलेसम्म कामु प्रधानन्यायाधीशको भरमा ?

काठमाडौं : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा कहिलेसम्म चल्ने भन्दै प्रश्न उठाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको सुरुमा समय लिएर बोल्दै उनले यसले मनोवैज्ञानिक र संस्थागत असर गर्ने बताए । सरकार र संसद्को ध्यानाकर्षण गराए ।

“सर्वोच्च अदालत कामु नेतृत्वमा छ, यसले मानोवैज्ञानिक र संस्थागत असर पर्छ । त्यसमा सरकार गम्भीर बन्नुपर्छ,” उनले भने ।

उनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव संसद्ले किन टुंगोमा नपुर्‍याएको भन्दै प्रश्न उठाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?