पोखरा विमान दुर्घटना : रनवे १२ को अध्ययन गर्न आयोगको सुझाव

काठमाडौं : पोखरामा माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले रनवे १२ बाट अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएकाले थप अध्ययन गर्न सुझाव दिएको छ ।

आयोगले दुर्घटनाका तीनवटा कारण हुन बताएको छ ।

जहाजका दुवै प्रोपेलर फेदरमा गएको अवस्था, मानवीय कारण र भिजुअल एप्रोच प्रोसिजर्सको विषयमा थप अध्ययन गर्नुपर्ने निष्कर्ष आयोगको छ ।

प्रारम्भिक प्रतिवेदनमा आयोगले नागरिक उड्डयन प्राधिकरणलाई उपयुक्त उडान मार्ग निश्चित गर्न विस्तृत अध्ययन गर्न पनि भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?