सेनेटरी प्याड बनाउन सिक्दै केशवटारका महिला

दमौली : तनहुँको व्यास नगरपालिका -१४  केशवटारका महिलाहरु लागि ३ दिने सेनेटरी प्याड बनाउने तालिम शुरु भएको छ ।  साना किसान सामुदायिक सिकाई केन्द्रको आयोजनमा ३ दिने  सेनेटरी प्याड बनाउने तालिम बिहिवार देखि शुरु भएको हो  ।

व्यास -१४का  वडाध्यक्ष काजीमान श्रेष्ठले दैनिक जीवनमा प्रयोग हुने र आय आर्जनको माध्याम वन्ने तालिमको भरपुर उपयोग गर्नुपर्ने बताए।

महिलाको संवेदनशील अंग सँग जोडिएको विषयमा सवै गम्भिर वन्नुपर्ने हुदाँ आफनो लागी प्रयोग गरिने सेनेटरी प्याड वनाउने तालिमले केशवटारको महिलालाई सकारात्मक प्रभाव पार्ने बताए।

प्रशिक्षक नोमा थापाले महिलाहरुका लागी अत्यावश्यक मानिएको सेनेटरी प्याडमा धेरै रकम खर्च हुने गरेको तर यसको उपयोगमा ध्यान नदिदाँ स्वास्थ्यमा जटिल समस्या भोग्नुपरेको प्रशिक्षक थापाले वताए ।

यसैगरि व्यास १४ का वडासदस्य दुर्गा वहादुर आलेले सेनेटरी प्याडका तालिम टोल स्तरसम्म विस्तार गरिने बताए।

३ दिन सम्म चल्ने सेनेटरी प्याड वनाउने तालिममा १५ जना स्थानिय महिलाहरुको सहभागिता रहेको साना किसान सामुदायिक सिकाई केन्दका अध्यक्ष सरास्वती थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?