मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा भजन प्रतियोगिता हुने

दमौली :  फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा तनहुँको धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा भजन प्रतियोगिता आयोजना हुने भएको छ ।

भजनको संरक्षण र प्रवर्द्धन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।

भजन प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले नगद ५१ हजार, द्धितीय हुनेले ३६ हजार, तृतीय हुनेले २१ हजार र सान्त्वना हुनेले ५१ सय साथमा प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

महाशिवरात्रि पर्वको अवसरमा सामुहिक ब्रतबन्ध, अखण्ड दीप प्रज्वलन, शिवध्वनी पुजन र विविध धार्मिक अनुष्ठान कार्यक्रम हुने भएको छ ।

साथै सोहि दिन वरिष्ठ लोकदोहोरी तथा भजन गायक पुरुषोत्तम न्यौपाने र लोकदोहोरी गायिका शान्ति डोटेलको संगीतिक प्रस्तुति रहनेछ ।

भक्तजनहरुका लागि धार्मिक स्थलको रुपमा विकास भएको च्यवनधाम परिसरमा १०८ धार, १०८ शिबलिङ्ग, १०८ वर पिपल, च्यवन गुम्बा, मोक्ष कुण्ड, वासुकी नाग स्थान लगायतका संरचना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?