दमौली : नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले बैंक तथा वित्तीय संस्थाहरूले लगाएकाे चर्को व्याजदरविरुद्ध प्रदर्शन गरेका छन्।
बैंक तथा वित्तीय संस्थाले बढाएको व्याजदरको विरोध गर्दै शुक्रवार तनहुँको दुलेगौंडा स्थित नगरपालिका गेटदेखि विपि चाेकसम्म विराेध र्याली प्रदर्शन गरिएकाे हाे।
नेपाल राष्ट्र बैंकको चालू पूँजी कर्जा मार्ग निर्देशिका २०७९ मा गरिएको व्यवस्था र कर्जाको व्याजदरमा भएको अस्वभाविक वृद्धिले उद्योग व्यवसायी नै धरासायी हुने भन्दै उत्रिनु परेको विप्लवका तनहुँ जिल्ला सेक्रेटरी विलास परियार बताए ।
प्रदर्शनमा जहाँ आत्म हत्या अन्त्य गर, बैंककाे चर्काे व्याज बन्द गर, बढ्दाे महिंगी नियन्त्रण गर, दलालहरू हाेसियार, लघुवित्तकाे सम्पूर्ण ऋण खारेज गर लगायतका नारा लगाएका थिए ।
कार्यक्रममा विप्लवका केन्द्रीय प्रतिनिधि समित सदस्य राजु विक (एटम), विप्लवका तनहुँ जिल्ला सेक्रेटरी विलास परियार, विप्लवका नगर ईन्चार्ज गणेश लाम्घादे लगायतको उपस्थिति रहेको थियाे ।
तस्बिर :शुक्ला न्युज











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?