तनहुँका शिवालयमा मन्दिरमा भक्तजनको भिड

दमौली : हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रिका अवसरमा आज तनहुँका शिवालयहरुमा भक्तजनहरुको उल्लेखनीय भिड देखिएको छ ।

महाशिवरात्रि अवसरमा व्यास नगरपालिका-३ स्थित शिव पञ्चायन मन्दिरमा  दर्शन गर्न आउने भक्तजनहरु गत वर्षको तुलनामा केही बढि देखिएका छन् ।

विगतका केही वर्ष कोरोना महामारीका कारण भक्तजन खासै नआए पनि यो वर्ष कोरोना महामारी हटेका कारण शिवालयहरुमा  आउने भक्तजनको सङ्ख्या बढेको अनुमान लगाउन सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?