केहि समयदेखि नियमित उठ्न नसकेको फोहर व्यास नगरपालिकालाई फोहर व्यवस्थापनका लागि अझै यो हप्ता लाग्ने भएको छ ।
व्यवस्थापन गर्ने स्थानको मात्र होइन, मौसम प्रतिकूल परिवर्तनका कारणले बाटो अवरुद्ध भएको छ ।बाटोको मर्मत कार्य र कुनै अरु ठाउमा पनि फोहर व्यवस्थापनका लागि प्रयास भइरहेको छ ।त्यसका लागि अझै यो हप्ता लाग्ने नगरपालिकाका वन , वातावरण तथा सरसफाई शाखाका अधिकृत कृष्णराज घिमिरेले जानकारी दिए । उनले दमौली अनलाईनसंग कुरा गर्दै ” व्यास १ र १३ जोड्ने छाब्दी खोलाको डाइभर्सन पुल बगाउनुका साथै धारापानीमा पहिरो गएकाले फोहोर लैजान सकिएको थिएन । पहिरो पन्छाउने काम पनि अन्तिम चरणमा पुगेको छ । अब हामी विगत दिनहरूमा जस्तै नियमित रूपमा फोहोर संकलन गर्ने छौ” उनले भने ।
फोहोर व्यवस्थापन गर्नका लागि दीर्घकालीन योजना बनाएको र आज देखि नै सफासडक र दमौलीका विभिन्न ठाउँको फोहोर संकलन भएको छ अब यो हप्ता भित्र नियमित फोहोर संकलन हुुने बताए ।
फोहर व्यवस्थापनका सबै काम सकी बढीमा ३ दिन भित्र नियमित रुपमा फोहर संकलन हुने हुँदा आ–आफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाललाई घरमा नै व्यवस्थापन गरी सहयोग गरिदिन पनि अधिकृत घिमिरेले नागरिकलाई अनुरोध गरेका छन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?