दमौली : तनहुँको जनसंख्या जनसंख्या ०.०६ ले घटेको छ । शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लाको जनसंख्यामा ०.०६ प्रतिशतले घटेको हो ।
राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लाको जनसंख्या ३ लाख २१ हजार एक सय ५३ पुगेको छ ।
जसमा व्यास नगरपालिकामा ७८ हजार ९ सय ३९ , भानु नगरपालिकामा ४२ हजार ७ सय ९४ , म्याग्दे गाउँपालिकामा २३ हजार ५ सय ७८ , शुक्लागण्डकी नगरपालिकामा ५५ हजार ६ सय २० र भिमाद नगरपालिकामा २९ हजार २ सय ४८ जना रहेको छ ।
त्यस्तैगरी , घिरिङ गाउँपालिकामा १४ हजार ३ सय ३४ , ऋषिङ गाउँपालिका १७ हजार ९ सय १८, देवघाट गाउँपालिकामा १४ हजार ५ सय ८४ , बन्दिपुर गाउँपालिकामा १८ हजार ५ सय ३२ र आँबुखैरेनी गाउँपालिकामा २२ हजार २ सय ५३ जना रहेको छ ।
२०६८ मा जिल्लाको जनसंख्या ३ लाख २३ हजार दुई सय ८८ थियो ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?