दमौली : तनहुँमा करिव ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचनका कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार करिव ५१ प्रतिशत मत खसेको हो ।
तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् ।
तनहुँमा कांग्रेसका तर्फबाट गोबिन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल, रास्वपाका स्वर्णिम वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् ।
तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् ।भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् ।मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर मतपेटिका सदरमुकाम दमौली ल्याइनेछ ।
मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक आयोजना गरेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?