आदिकविले वृक्षाराेपण गरी विश्व वातावरण दिवस मनाइयाे

दमौली :  तनहुँको व्यास नगरपालिका-१ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसले एक कार्यक्रमका बीच विश्व वातावरण दिवस मनाएको छ ।

क्याम्पस परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपी सो दिवस मनाइएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जलवायु परिवर्तनको सवालमा समेत कार्य गरिरहेको स्मरण गराउँदै भोलीका दिनमा हावा र पानीको झन् महत्व हुने कुरामा जोड दिए ।

न्यौपानेले आजैबाट कार्यस्थलमा प्लास्टिकजन्य सामाग्रीको प्रयोगमा कमी गर्दै लैजानुपर्ने बताए ।

उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धि कुमार श्रेष्ठ ,उपाध्यक्ष श्री खरसिं दरै, क्याम्पस प्रमुख महा प्रसाद हडखाले, संचालक समितिका सदस्यहरु,  प्राध्यापकहरु , विद्यार्थी लगायत उपस्थित रहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?