प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।

रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई बिहान अस्पताल लगिएको थियो ।

उपचारको क्रममा उहाँको बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।

उनि पार्किन्सन जस्तै लक्षण भएको जटिल प्रकारको रोगबाट पीडित थिईन।

उनि ६९ वर्षको थिईन । उनको दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

त्यसअघि श्रद्धाञ्जलीको लागि उनको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?