दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ वेनीटारबाट लागुऔषध सहित एक जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा बाग्लुङको बाग्लुङ नगरपालिका- ३ बस्ने बर्ष २१ को अनिश वि.क रहेका छन् ।
मुग्लिङबाट आबुँखैरेनी तर्फ आउदै गरेको ना ६ ख २५४९ नं.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।
प्रहरीले उनको साथबाट डाईजेपाम २० एम्पुल, फेनेरागन २० एम्पुल र नुफिन २० एम्पुल गरी जम्मा ६० एम्पुल बरामद गरेको छ।
उनलाई बिहिवार तनहुँ अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?