दमौली : तनहुँको व्यास नगरपालिका–३ स्थित विपी वनवाटिका निर्माणको अन्तिम चरणमा रहेको जिल्ला सभागृहको नाम परिवर्तन गर्ने जिल्लासभाको निर्णय सच्याउन माग गर्दै जिल्ला समन्वय समिति तनहुँलाई ज्ञापनपत्र बुझाइएको छ ।
बुधवार समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई नेकपा (एमाले), नेकपा (माओवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत १२ वटा राजनीतिक दलका प्रतिनिधिले ज्ञापनपत्र बुझाएका हुन् ।
जिल्ला समन्वय समितिको विसं २०७८ चैत ८ गतेको निर्णय र चैत ९ गते जिल्ला सभाको निर्णयले सभागृहको नाम विपी सदन सभा गृह दमौली तनहुँ राख्ने निर्णय गरेको थियो ।
ज्ञापनपत्र















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?