दमौली : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एमसीसी परियोजना तनहुँको व्यास नगरपालिका -१३ स्थित काजी चौतारामा रहेको जग्गा कब्जा गरेको छ । पार्टीका प्रदेश सचिवालय सदस्य नेत्र रानाभाट, तनहुँ युवा संयोजक अग्नि टाईगर लगायतको नेताहरुको उपस्थितमा सबै जग्गा कब्जा गरेको जानकारी दिएको हो ।
भ्रष्ट, दलाल, तस्कर, घुस्याहा, बलात्कारी र सुदखोरहरुको ठोक्ने जनताको पार्टी हो भन्दै राष्ट्रघाती एमसीसी जस्ता सम्पूर्ण परियोजनाका प्रक्रिया रोक्ने संघर्षमा उत्रेको क्रान्तिकारीले जनाएको छ ।
राष्ट्रघाती एमसीसीको विपक्षमा रहेको आम नेपाली जनसमुदायहरूको जनमतको अवमूल्यन गर्दै पैसा र सत्ताका लागि बिकिरहेका भ्रष्ट दलालहरू विरुद्ध निरन्तर संघर्ष अगाडी बढाउँदै असंलग्न परराष्ट्र नीति विपरीत, संविधान भन्दा माथि रहेको राष्ट्रघाती एमसीसी सदनबाट अनुमोदन गर्ने सम्पूर्ण प्रक्रिया खारेज गरी एमसीसीको कार्यालय समेत विघटन गरी त्यस अन्तर्गत निर्माण भइरहेका सबै परियोजनाका कार्यक्रमहरू स्थगित गर्न केन्द्रीय जनसत्ता यो दलाल सत्तालाई चेतावनी दिएका छन् ।
साथै क्रान्तिकारीले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको यो संघर्षमा सम्पूर्ण देशभक्त, प्रगतिशील तथा क्रान्तिकारी जनसमुदायहरूमा एकताबद्ध भएर लड्न समेत अपिल गरेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?