मूल्य बढी लिएर सामान बेच्ने खाजा घरका सञ्चालक अर्जुनबहादुर पक्राउ

दमौली : तनहुँको म्याग्दे गाउँपालिका–२ रिम्लेस्थित एक होटलमा आफूखुशी स्टीकर टाँसेर बढी मूल्यमा सामान विक्री गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा हाइवे रेष्टुरेण्ट एण्ड खाजा घरका सञ्चालक अर्जुनबहादुर रानाभाट रहेको  प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

कम्पनीको प्रिन्ट लेबल छोपेर सोमाथि आफूखुशी बढी मूल्यको सामान विक्री वितरण गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँको संयुक्त अनुगमन टोलीले निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अनुगमन टोलीले उक्त खाजा घरमा जाँच गर्दा दोहोरो लेबल गरी राखेको विभिन्न खाद्यपदार्थ समेत बरामद गरेको तनहुँ प्रहरीले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?