ओली भन्छन्– नेम्वाङ उपाध्यक्षमात्रै होइन, सुख दुःखको साथी पनि

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “मेरा लागि उहाँ पार्टीको उपाध्यक्षमात्रै होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?