काठमाडौं : नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको छ ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको हो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले संविधानसभाका अध्यक्ष नेम्वाङको निधनको शोकमा बीपी साहित्य महोत्सव स्थगित गरिएको जानकारी दिए ।
बीपी साहित्य महोत्सव आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको थियो । मुख्यसचिव पौडेलका अनुसार बीपी साहित्य महोत्सवको अर्को मिति फेरि तोकिने छ ।














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?