दमाैली : तनहुँको ऋषिङ गाउँपालिकाले हरितालिका तीज पर्वकाे अवसरमा साेमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।
गाउँपालिकाले नेपालीकाे महान् चाड तीजकाे अवसरमा असाेज १ गते साेमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
उक्त दिन गाउँपालिकाका अन्तरगतका कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) र पालिका मातहतका सङ्घसंस्थाहरुमा सार्वजनिक बिदा हुनेछ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?