लोकतान्त्रिक तमु संघ तनहुँको अध्यक्षमा इन्द्रबहादुर

दमौली :  लोकतान्त्रिक तमु संघ तनहुँको अध्यक्षमा इन्द्रबहादुर गुरुङ चयन भएका छन् ।

संघको बुधबार सम्पन्न प्रथम अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।

कमिटिको उपाध्यक्षहरुमा चवलबहादुर गुरुङ र खिनबहादुर गुरुङ, सचिवमा ममिता गुरुङ तथा उपसचिवहरुमा मनकुमार गुरुङ र कृष्णबहादुर गुरुङ तथा कोषाध्यक्षमा भिमाया गुरुङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा रुपा गुरुङ, शमशेर गुरुङ, लोकबहादुर गुरुङ, बलबहादुर गुरुङ, कृष्ण बहादुरर गुरुङ, लक्ष्मण गुरुङ, विष्णुमाया गुरुङ, बेलबहादुर गुरुङ, रेखा राना गुरुङ, मिन गुरुङ, अकल गुरुङ र गणेश गुरुङ चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?