‘कोठामा आएको मिसाइल फालेर १७ जना साथी बचाएका विपिनलाई हमासले लग्यो’

काठमाडौं : इजरायलबाट उद्धार गरिएका नेपालीहरु आज बिहान नेपाल आइपुगेका छन् । परराष्ट्र मन्त्री एनपी साउदसहितको टोलीले उनीहरुलाई नेपाल ल्याएको हो । नेपाल ल्याण्ड भएपछि त्यहाँ भएको हमालाबारे विद्यार्थीहरुले अनुभव सुनाएका छन् ।

उनीहरुले विमानस्थलमा खुशीसँग दु:ख पनि व्यक्त गरेका छन् । ज्यान गुमाएका साथीहरु सम्झेर भावुव भएकी नेपाली विद्यार्थी बिबुशा अधिकारीले बेपत्ता भएका विपिन जोशीको खोजी गरिदिन आग्रह गरिन् ।

हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना बच्ने थिएन । तर विपिन जोशी हाल सम्पर्कविहीन छन् । हमासले विपिनलाई लगेको बिबुशा बताउँछिन् ।

साथीहरूलाई बचाउने रियल हिरोलाई जसरी भए पनि बचाउनु बिबुशाले सरकारसँग आग्रह गरिन्। विपिन बसेको फर्मबाट छ जना बच्न सफल भए भने बाँकी नेपाली विद्यार्थीको मृत्यु भएको उनले बताइन्।

शुक्रवार बिहान नेपाल फर्किएकी विबुशा भन्छिन्, ‘इजरायल सरकार र नेपालको तर्फबाट पूर्ण सहयोग भयो ।’ इजरायलका नागरिकले समेत सहयोग गरेर आफूहरू सुरक्षित नेपाल आएको बताइन् ।

सरकारले बिहीबार राती इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?