दमौली बजारलाई तनहुँको अर्थतन्त्र केन्द्रको रुपमा विकास गर्नुपर्छ : सभापति पन्थ

दमौली : राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले तनहुँको सदरमुकाम दमौली बजारलाई अर्थतन्त्र केन्द्रको रुपमा विकास गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा व्यवसायीलाई आग्रह गरेका छन् ।

शुक्रवार  विजया दशमी, दीपावली, बकरइद र छठ पर्वको अवसरमा व्यास नगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पन्थले बजारलाई अर्थतन्त्र केन्द्रको रुपमा विकास गर्नु पर्ने धारण रहेका थिए ।

सभापति पन्थले भने, “दमौली बजार अब स्कुल कलेज बनाउने पर्ने छैन, अब अन्य ठाउँमा बनाए पनि हुन्छ अब सदरमुकाम दमौलीलाई अर्थतन्त्रको केन्द्र बनाउन हामी सबैले प्रयास गरौ  ।”

सुशासन प्रवर्द्धन गर्नेतर्फ राज्यको खासै ध्यान पुग्न नसकेको हुँदा जनप्रतिनिधिका हैसियतले सांसदले विकृति, विसङगति, अनियमतिा र भ्रष्टाचार अन्त्य तथा सुशासन प्रवर्द्धनमा काम गर्न आवश्यक रहेको उनले बताए ।

मुलुकको सोह्रौँ पञ्चवर्षीय योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिको सोच अघि सारेको उल्लेख गर्दै सभापति पन्थले राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने मामिलामा जनप्रतिनिधिको  खबरदारी आवश्यक रहेको धारणा राखे ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमा गण्डकी प्रदेशका पुर्व मन्त्री डोवाटे विक, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायत राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?