गाजामा इजरायलको भीषण आक्रमण, पाँच हजारभन्दा बढी मानिस मारिए

काठमाडौं : प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि १७ दिनयता युद्ध जारी छ । सोमबार गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणमा परी यो अवधिमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको जनाएको छ ।

हमासले अक्टोबर ७ मा गरेको आक्रमणमा परी इजरायलमा एक हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ ।

प्यालेस्टाइनी शरणार्थीका निम्ति संयुक्त राष्ट्रसंघीय एजेन्सीले इजरायलले उत्तरी क्षेत्रबाट भाग्न भनेपछि दक्षिणी गाजाको अवस्था नाजुक बनेको जनाएको छ ।

१४ लाख अर्थात् गाजाको आधाभन्दा बढी जनसंख्या अहिले आन्तरिक रूपमा विस्थापित भइसकेको बीबीसीले उल्लेख गरेको छ।

इजरायलले यति भीषण आक्रमण गरिरहेको छ कि एकैदिनमा हमासका ३२० भन्दा बढी लक्षित ठेगानामा हमला गरेको छ ।

इजरायलको रक्षा बलले हमासले २२२ जनालाई बन्धक बनाएर राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?