दमौली : पत्रकार श्रीहरी पौडेल तरुण पुरस्कारबाट पुरस्कृत भएका छन् ।
नेपाल तरूण दल जिल्ला कार्य समिति तनहुँले ७१ औ स्थापना दिवसका अवसरमा पत्रकार पौडेललाई सम्मानित गरेको हो ।
नेपाल टेलिभिजनका जिल्ला संवाददाता समेत रहेका पाैडेललाई नगद ५ हजार सहित प्रमाणपत्रले सम्मान गरिएकाे छ ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति तनहुँले कार्तिक १० गते स्थापना दिबसको दिनमा एक जना प्रेस युनियनमा आबद्ध पत्रकारलाई तरुण पुरस्कारबाट पुरस्कृत गरिने पहिले नै घोषणा गरेको थियो ।
तरुण दलले शुक्रबार वृद्धाहरूलाई भाेज तथा तरूण पत्रकारीता पुरस्कार २०८० वितरण गरि मनाएको हो ।
व्यास नगरपालिका-५ बेनीपाटन स्थित पराेपकार ज्येष्ठ नागरिक आश्रममा जेष्ठ नागरिकहरूलाई खाद्यान्न सामाग्री सहित सामुहिक भाेजन वितरण गरिएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?