गाजामा ज्यान गुमाउनेको संख्या साढे आठहजार नाघ्यो

काठमाडौं : इजरायली आक्रमणमा परेर गाजामा ज्यान गुमाउनेको संख्या साढे आठहजार नाघेको छ । अक्टोबर ७ पछिको निरन्तरको इजरायली आक्रमणबाट गाजामा हालसम्म आठहजार ५२५ जनाले ज्यान गुमाएको अल्जजिराले उल्लेख गरेको छ ।

बीबीसीले पनि अहिलेसम्म आठहजार ५०० जनाले ज्यान गुमाएको जनाएको छ । मारिनेमा अधिकांश महिला र बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्कोतिर इजरायलमा अहिलेसम्म १४ सय जनाले ज्यान गुमाएका छन् । हमासले २३९ जनालाई बन्धक बनाएको बीबीसीले उल्लेख गरेको छ ।

इजरायलले हवाई र स्थल आक्रमण गरिरहेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विरामको प्रस्ताव अस्वीकार गरेका छन् । “यो समय युद्धका लागि हो,” उनले भनेका छन् ।

सोमबार मात्र हमासले तीनजना बन्दीको भिडियो फुटेज सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?