दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की नेतृ एवं पूर्व मन्त्री दुर्गा श्रेष्ठलाई जिल्ला कार्यसमिति तनहुँले कारबाही गर्न पार्टीलाई आग्रह गरेको छ ।
बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्नका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय भएको जिल्ला अध्यक्ष विनोद घर्तीले जानकारी दिए ।
आवश्यक कारबाहीका लागि प्रदेश पार्टीमार्फत केन्द्रमा सिफारिस गरिएको उनले बताए ।
त्यस्तैगरी रिक्तरहेको जिल्ला कोषध्यक्षमा दुर्गा पन्थ र क्षेत्र नम्बर -१ का अध्यक्षमा दीपक राज पियालाई जिम्मेवारी दिने निर्णय भएको बताए जिल्ला अध्यक्ष घर्तीले बताए ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?