राप्रपा तनहुँको कोषाध्यक्षमा पन्त र क्षेत्रीय अध्यक्षमा दीपक मनोनित

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) तनहुँले  कोषाध्यक्षमा दुर्गाबहादुर पन्त र क्षेत्र नम्बर १ को अध्यक्षमा देवकुमार पियालाई मनोनित गरेको छ ।

बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले कोषाध्यक्षमा पन्त र क्षेत्रीय अध्यक्षमा दीपक लाई मनोनित गरेको पार्टी अध्यक्ष विनोद घर्तीले जानकारी दिए ।

कोषाध्यक्ष विन्दुध्वज अधिकारीको निधन भएपश्चात् पार्टीले पन्तलाई कोषाध्यक्षको जिम्मा दिएको अध्यक्ष घर्तीले बताए ।

नेतृ एवं पूर्व मन्त्री दुर्गा श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्नका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?