नेपाल संवत् अब राष्ट्रिय संवत् बन्नुपर्छ : बालेन्द्र साह

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा प्रयोग गर्न आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा नेपाल संवत् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाले पहिल्यैदेखि नेपाल संवत्को प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए ।

नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा प्रयोग गर्न सरकारले मुख्य भूमिका निभाउनुपर्ने भन्दै उनले आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको बताए ।

मेयर साहले काठमाडौं महानगरपालिकाले आधिकारिक रुपमा नै नेपाल संवत् प्रयोग गरिरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?