नेकपा एमालेको दशाै महाधिवेशनका शनिबार तनहुँमा सर्वसम्मत प्रतिनिधि छनोट भएको छ ।
प्रतिनिधि बन्न ४३ जनाको उम्मेद्वारी परेकोमा महिला, दलित सहित १३ जना प्रतिनिधि छनोट गरिएको हो । तनहुँमा दुई निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ बाट पाँच जना र २ बाट आठ जना प्रतिनिधि चयन भए । राष्ट्रियसभा सदस्यदेखी प्रतिनिधिसभा सदस्य, उपमेयरसम्म महाधिवेशन प्रतिनिधि बनेका हुन् ।
प्रतिनिधिमा तनहुँ क्षेत्र नम्बर १ मा खुलातर्फ ईन्द्रबहादुर कुँवर, बाबुराम अधिकारी, हरिराज कडेल, कलावती ढकाल चयन भएका छन् । महिलातर्फ राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सर्वसम्मत चयन भए ।
त्यस्तै तनहुँ क्षेत्र नम्बर २ मा खुला तर्फ प्रतिनिधिसभा सदस्य एवं जिल्ला अध्यक्ष केदार सिग्देल, रामचन्द्र उपाध्याय, विष्णुभक्त सिग्देल, श्रीप्रसाद श्रेष्ठ, धर्मराज खनाल, चयन भए । महिलातर्फ शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाईली र राधा महत चुनिए भने दलिततर्फ बाबुराम सुनार चयन भएका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?