दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँ क्षेत्र नम्बर -२ को सभापतिमा डा. शेषरमण न्यौपाने चयन भएका छन् । शुक्रवार भएको पार्टीको जिल्ला भेलाले डा. न्यौपानेलाई क्षेत्रीय सभापतिमा चयन भएको हो ।
यसअघि न्यौपाने नेपाली कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए।
उपसभापति सम्झना सुवेदी र सचिवमा सुन्दर बस्याल चयन भएका छन् ।
सदस्यहरुमा कृष्ण प्रसाद रिमाल र सिता अधिकारी चयन भएका छन्








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?