दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान ६ बजे यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटाको सागुरीगढी गाउँपालिका-९ बस्ने वर्ष ४५ को हस्त राई र स्थायी वतन नखुलेको वर्ष अं.५०/५५ को टोप बहादुर मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
उपचारको क्रममा राईको दमौली स्थित रत्नहरी मेमोरियल अस्पतालमा साढे ६ बजे र मगरको दमौली अस्पताल तनहुँमा ०७:१५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरिक्षक खाँणका अनुसार दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइतेहरुको रत्नहरी मेमोरियल अस्पताल र दमौली अस्पतालमा उपचार भइरहेको छ ।
पृथ्वी राजमार्ग सडक खण्डमा मुग्लिन तर्फबाट पोखरा तर्फ जान आउदै गरेको ग १ ख ७८९५ नं. को बस अनियन्त्रित भई सडकबाट अं.२० मिटर तल खस्दा दुर्घटना भएको थियो ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?