दमौली : लियो क्लव अफ तनहुँले व्यास-४ स्थित पराशर कलेजमा लागुऔषध तथा ट्राफिक सचेतना सञ्चालन गरेको छ । क्लवले प्रहरीसँगको सहकार्यमा मंगलबार कलेजका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरेको हो ।
युवा पुस्तामा प्रमुख समस्याको रुपमा रहेको लागुऔषधले पार्न सक्ने प्रभावबारे जानकारी दिन कार्यक्रम गरिएको क्लवका सचिव मुकेश बिडारीले जानकारी दिए ।
जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले ट्राफिक सचेतनाका साथै लागुऔषध सम्बन्धी जानकारी गराएको क्लवका सचिव बिडारीले बताए ।
क्लवकी अध्यक्ष बसन्ती थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास-४ का वडा सदस्य सरोज भण्डारी, लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल नेपालका रिजन कोर्डिनेटर लायन कृष्णहरि गैह्रे, पराशर कलेजका प्रमुख अमृत भण्डारी लगायतले क्लवले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गरे ।
कार्यक्रममा एक सय भन्दा बढी विद्यार्थीको सहभागिता थियो ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?