शुक्लागण्डकीमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वृद्ध पक्राउ

दमौली : ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।

शुक्लागण्डकी नगरपालिका वडा नं -७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई जबरजस्ती करणीको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?