दमौली : जिल्ला अदालत तनहुँले नै वर्षीया बालिकाको बलात्कारको आरोपमा एक जनालाई जन्म कैद जनाएको छ ।
बालिकालाई बलात्कारको आरोपित भानु नपा–१० का १९ बर्षिय सुदिप थापा मगरलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो।
जिल्ला अदालतका न्यायधिश कोमल प्रसाद आचार्यको इजलासले शुक्रबार अन्तिम फैसला गर्दै आरोपिलाई जन्मकैद सजाय, ६ लाख जरिवाना र २० हजार रुपैयाँ क्षतीपुर्तीको सजाय सुनाएको अदालतका फाँटवाला सुन्दर तिवारीले जानकारी दिए ।
आरोपितले २०७९ भदौ १७ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडितका परिवारले ०७९ भदौ २४ गते इप्रका भानुमा उजुरी दिनु भएको थियो ।
प्रहरीले आरोतिपलाई भदौ २५ गते गिरफ्तार गरेकोमा जिल्ला आदलतको आदेशले असोज २० गतेदेखी पुर्पक्षकोलागि थुनामा थिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?