देउसी भैलो मार्फत सङ्कलित रकमबाट छात्रवृत्ति अक्षयकोष स्थापना

दमौली : तनहुँको व्यास नगरपालिका -१ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा गठित व्यवस्थापन विद्यार्थी सर्कलले एक लाखको ‘ व्यवस्थापन विद्यार्थी सर्कल छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेको छ ।

सर्कलद्वारा शुक्रवार क्याम्पसमा आयोजित कार्यक्रममा सर्कलका संरक्षण एवं क्याम्पस प्रमुख महाप्रसाद हड्खले र कोषाध्यक्ष सविना अधिकारीले क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठलाई चेक हस्तान्तरण गरि स्थापना गरिएको हो।

देउसी भैलो खेलेर संकलित रकमबाट छात्रवृत्ति कोष स्थापना गरिएको सर्कलकी अध्यक्ष निशा भण्डारीले जानकारी दिइन्। ‘गत र यो वर्षमा देउसी भैलो खेलेर  संकलन भएको रकबाट छात्रवृत्ति कोष स्थापना गरेको अध्यक्ष भण्डारीले बताइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले सर्कलले क्याम्पसमा दिएको योगदान अनुकरणीय रहेको बताए। ‘विद्यार्थीले विद्यार्थीहरुकै लागि यति धेरै काम हो ‘ उनले भने ‘ अरु क्लबहरूले पनि राम्रो कामको अनुशरण गर्नु पर्छ ‘

उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. राम कुमार अधिकारी, सर्कलका सल्लाहकार जनक काफ्ले, विष्णु हड्खले, विज्ञान विभाग प्रमुख राजन घिमिरे, उप -प्रध्यापक बुद्ध श्रेष्ठ, स्ववियु उपसभापति तथा सर्कलका निवर्तमान अध्यक्ष दिनेश विश्वकर्मा, स्ववियु सचिव अनुप आले, स्ववियु सदस्य, युवा रेडक्रसका अध्यक्ष तथा सर्कलका निवर्तमान सचिव सुमन खड्का, स्ववियु सदस्य सागर पाण्डे, आदिकवि नेपाली सिर्जनशील मञ्चका अध्यक्ष लक्ष्मी लाेहनी, अंग्रेजी विद्यार्थी समाजका अध्यक्ष ईमान मल्ल लगायत सर्कलका पदाधिकारी, सदस्य एवम् व्यवस्थापन संकायका विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियाे ।

सर्कलकी अध्यक्ष भण्डारीको अध्यक्षमा भएको कार्यक्रममा स्वागत सर्कलकि उपाध्यक्ष प्रतिक्षा पन्थ, कार्यक्रम सञ्चालन सह-सचिव सुस्मा श्रेष्ठले गरेको थियो । साथै छात्रवृत्ति आयव्ययको विवरण कोषाध्यक्ष सविना अधिकारीले प्रस्तुत गरेकी थिइन्।

त्यस्तैगरी उक्त कार्यक्रममा छात्रवृत्ति काेष स्थापना गर्नका लागि सहयोग सम्मान गरेकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?