दमौली : आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी कांग्रेसले आकांक्षीहरूको नाम सिफारिस गरेको छ ।
गण्डकीमा तीन क्लस्टरमा निर्वाचन हुने छ । अन्य, महिला र अपाङ्गता/अल्पसंख्यकमा १/१ गरी तीन पद रिक्त हुँदै छ । त्यसकै लागि बुधबार कांग्रेस प्रदेश कार्यसमितिले १७२ जनाको नामावली सिफारिस गरेको हो ।
गण्डकीबाट निर्वाचित भई राष्ट्रिसभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिँदै छ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए । उनीहरूको पदावधि फागुन २० गते सकिँदै छ ।
तनहुँबाट १७ जना आकांक्षीको नाम सिफारिस भएको छ ।














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?