दमौली : ब्राह्मण समाज तनहुँको अध्यक्ष पुनः कृष्णचन्द्र पाण्डे निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न दोश्रो अधिवेशनले पुनः पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समाजको उपाध्यक्षमा मदनप्रसाद पण्डित, सचिवमा कृष्णहरि गैह्रे, कोषाध्यक्षमा गंगा पोख्रेल र सहसचिवमा लक्षिमादेवी घिमिरे चयन भएका छन् ।
यस्तै सदस्यहरुमा प्रदिप घिमिरे, राजेन्द्र वाग्ले, विष्णुहरि लम्साल, भानुभक्त पण्डित, नारयणप्रसाद पौडेल, दिनानाथ पौडेल, दिव्यदेव पौडेल, नारयण घिमिरे, महाप्रसाद न्यौपाने, गोविन्दराम पन्थ, रामकृष्ण पौडेल, निर्मला भण्डारी खनाल, मेनका रिमाल कडेंल र लक्ष्मि न्यौपाने चयन भएका छन् ।
अधिवेशनको बाह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.नारायणप्रसाद अधिकारीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष अधिकारीले नेपाललाई सनातन हिन्दराष्ट्र घोषणा गर्नुपर्ने बताए ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?