सीके राउतसहित ५१ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं : जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित उनकै पार्टीका ५१ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो ।

‘धोती’ दिवस मनाउने भन्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए

नियन्त्रणमा परेकालाई नगरप्रहरी कार्यालय भृकुटीमण्डप राखिएको छ ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्म सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । विद्यार्थी जनमत संघको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रमा प्रदर्शनकारीले धोती लगाएर दिवस मनाउँदै ‘धोती हाम्रो शान हो लगायतका नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?