दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँले दमौलीमा ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ।
मंगलबार दमौलीमा बसेको बैठकलेले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाउनेनिर्णय गरेको जिल्ला अध्यक्ष विनोद घर्तीले जानकारी दिए।
पृथ्वी जयन्ती समारोहका लागि राप्रपा तनहुँले अध्यक्ष राजेन्द्र घर्तीको संयोजकत्वमा ५१ सदस्यीय मुल समिति गठन गरेको छ।
उक्त समिति अन्तर्गत आर्थिक उपसमितिको संयोजकमा जिल्ला कोषाध्यक्ष दुर्गाबहादुर पन्थ, व्यस्थापन एवं समन्वय समितिमा सचिव हेतमान कायस्थ, प्रचार प्रसार समितिको संयोजकमा हरिश्चन्द्र वाग्ले रहेका छन् ।
पार्टीले राष्ट्रिय एकता दिवसलाई भव्यताका साथ मनाउन सम्पूर्ण तनहुँवासीलाई अनरोध समेत गरेको छ ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?