दमौली : राष्ट्रपति पाैडेल शुक्रबार तनहुँ आउने भएकाे छ । भानु नगरपालिका-७ स्थित पुर्कोट माविको बार्सिकोत्सव कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल तनहुँ आउन लागेका हुन् ।
भानु नगरपालिकाकाे एतिहासिक विद्यालय पुर्काेट माविकाे उक्त सतवार्षिकाेत्सव कार्यक्रमका लागि तयारी तिब्र पारिएकाे विद्यालयका प्रधानाध्यापक सुरेश कार्कीले जानकारी दिए ।
कार्यक्रममा ख्याति प्राप्त लाेक कलाकारहरु राजु परियार , सुमन थापा मगर लगाएतकाे साँगितिक प्रस्तुति रहने विद्यालयले जनाएकाे छ ।
पौडेल राष्ट्रपति भएपछि यस अघि दमौली सभा हलको उद्घाटन गर्न पहिलोपटक तनहुँ आएका थिए ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?