आँबुखैरेनी : तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितिको सभापतिमा भगवान श्रेष्ठ चयन भएका छ्न ।
बिहीवार सम्पन्न बजार इकाई समितिको २८ औं वार्षिक साधारणसभा तथा १२ औं अधिबेशनले आगामी २ बर्षको लागि सर्बसम्मतबाट श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उप सभापतिमा काजी थापा, सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्षमा राज कुमार श्रेष्ठ चयन भएका छन ।
यस्तै, समितिको सदस्यहरुमा प्रमोद वाग्ले, मनोज श्रेष्ठ, किशान श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, राजु थापा, सोम बहादुर दर्लामी, रामकृष्ण श्रेष्ठ, तुलसी पौडेल खनाल, रेजिना श्रेष्ठ, गोवर्धन विक, शिव खनाललाई सर्वसम्मत चयन गरिएको छ ।
यसैगरी, जिल्ला प्रतिनिधिमा दिपक बाबू थापा र वासुदेव पुडासैनीलाई चयन गरिएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?