दमौली : मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे संक्रान्तिका अवसरमा तनहुँको सदरमुकाम दमौलीमा विशेष कार्यक्रम आयोजना गरिएको छ । आइतबार शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम गरियो ।
हिजो र आज गरी दुई दिनसम्म चल्ने महोत्सवमा सांस्कृतिक साथै खेलकुदका कार्यक्रम गरिने आयोजक मगर संघले जनाएको छ ।
माघे संक्रान्तिमा पुसमा पकाएर माघमा खाने चलन छ । पर्वमा तरुल, पिँडालु, सखरखन्ड, घिउ, चाकु, तिलको लड्डु, सेलरोटी, बारा खाने गरिन्छ ।
पर्वका अवसरमा समुदायका मानिस एक ठाउँमा भेला भएर नाचगान गर्दै रमाइलो गर्ने गरिएको नेपाल मगर संघ व्यास नगर समितिका अध्यक्ष रिमा आले मगरले जानकारी दिइन् ।
साथै कार्यक्रम अन्तर्गत आज साँझा पारस जंग ठाकुरी (कुल ब्वाई) को कन्सर्ट हुने साँस्कृतिक संयोजक बालकृष्ण आले मगरले जानकारी दिए । उनका साथसाथै गायक संजिव सिं राना, अनुराज थापा मगर माथु राना लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहेको आयोजकले जनाएको छ ।
करिब ९ लाख खर्च हुने अनुमान गरिएको मेलामा पौष २९ र माघ १ गते बेलुका ५ बजे सम्म निशुल्क प्रवेश गर्न पाउने छ भने कन्सर्टका लागि ३ सय रुपैयाँ टिकटदर तोकिएको छ ।
थप तस्बिर हेर्नोस्–











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?