नेपाल प्रहरी श्रीमती संघद्धारा आयोजित स्वास्थ शिविरमा पाँच सयले लिए सेवा

दमौली : नेपाल प्रहरी श्रीमती संघद्धारा आयोजित  शिविरमा स्वास्थ्य शिविरबाट करिब पाँच सय सर्वसाधारणले सेवा लिएका छन्।

चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा देवघाट गाउँपालिका–५ धर्मार्थ अस्पतालमा आयोजित शिविरमा चार सय ९० जनाले सेवा लिएको नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुंवरले जानकारी दिइन्।

शिविरमा चितवन मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुद्वारा नाक, कान, घाँटी, आँखा, मुटु, दम, दाँत, स्त्रीरोग, इसिजी, युएसजि, हार्डजोर्नी र थेरापी सम्बन्धी सेवा प्रदान गरिएको संघका अध्यक्ष कुंवरले बताइन्  ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष कमला खनाल, तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्ट, गाउँपालिकाका जनप्रतिनिधि लगायतको सहभागिता थियो ।

उक्त अवसरमा देवघाट गाउँपालिका–५ स्थित देवघाट समाजकल्याण केन्द्र वृद्धाश्रम, गलेश्वर आश्रम, हरिहर आश्रम र महेश आश्रममा रहनुभएका एक सय ९० वृद्धवृद्धालाई कम्मल समेत वितरण गरिएको जानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?