नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको छः मनीषा कोइराला

काठमाडौं : अभिनेत्री मनीषा कोइरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छन्। काठमाडौंमा शनिवार आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एक पटक सोच्नुपर्ने बताइन्।

उनले अहिलेकै बाटोमा देश अघि बढाउने हो भने गन्तव्य स्पष्ट नहुने बताइन्। उनले वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक पहिचानका रुपमा परिणत भइरहेको बताइन्।

उनले नेपाल भूगोल, प्राकृतिक सौन्दर्य र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको बताइन्। उनले रोमको आर्किटेक्चर भन्दा नेवारी र नेपाली आर्किटेक्चर धेरै राम्रो रहेको पनि बताइन्।

अभिनेत्री कोइरालाले आउँदो पुस्तालाई भत्किएको, टुक्रिएको, आपसमा मतभेद राखेर फुटेको नेपाल हस्तान्तरण गर्न लागिरहेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?