काठमाडौं : धरानका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व फेर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा रवि लामिछानेलाई लक्षित गर्दै नेतृत्व विवादित बनेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–रास्वपाको नेतृत्व परिवर्तन गर्नुपर्छ । विवाद धेरै भयो ।
रास्वपाका अध्यक्ष लामिछाने विभिन्न विवादमा परिरहेका छन् । सोही कारण उनले यो विषय उठाएको हुनसक्छ । यद्यपी साम्पाङ रास्वपाका निकट होइनन्, बरु आलोचक हुन् । पछिल्लो समय धरानमा साम्पाङ र रास्वपाबीच टक्कर चलिरहेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?