वीरगञ्जमा कर्फ्यु यथावत

वीरगञ्ज : सोमबार साँझदेखि वीरगञ्जमा लगाइएको कर्फ्यु हालको लागि यथावत राखिएको छ। सोमबार साँझ पाँच बजेदेखि लगाइएको कर्फ्यु मंगलबार पनि जारी रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए।

स्थिति पूर्णरुपमा सहज भएपछि कर्फ्यु हटाइने उनले बताए। बुधबारसम्म स्थिति समान्य हुने भन्ने अनुमान गरेको लम्सालको भनाइ छ।

‘स्थिति पूर्णरुपमा सहज छ भन्ने महसुस हुनासाथै कर्फ्यु हटछ,’ उनले भने, ‘भोलिसम्म स्थिति सहज हुन्छ भन्ने अनुमान गरिएको छ।’

तुरुन्तै कर्फ्यु हटाइहाल्ने स्थिति नभएको भन्दै जिल्ला सुरक्षाको टिमले निरन्तर रुपमा वीरगञ्जको वस्तुस्थति मूल्यांकन र विश्लेषण गरिरहेको उनको भनाइ छ।

रौतहटमा सरस्वतीको मूर्ति विसर्जनको क्रममा भएको विवादलाई लिएर वीरगञ्जमा सोमबार बजार बन्दको आह्वान गरिएको थियो। सोक्रममा दुई पक्षबीच विवाद र झडपसमेत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?